बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

श्रीमान् सुतिरहेका थिए, श्रीमतीले अनलाइन कपडा बेच्नका लागि बनाइदिइन् मोडल

आइतबार, १८ माघ २०७७, ०९ : ५१
आइतबार, १८ माघ २०७७

सोसल मिडियामा एक श्रीमानका तस्बिर भाइरल भइरहेका छन् । ती व्यक्ति निदाइरहेका थिए । तर उनले महिलाको पहिरन लगाइरहेका थिए । साँच्चै भन्ने हो भने ती पहिरन उनीमाथि बिछ्याइएका थिए जुन उनले लगाएको झैं देखिन्थ्यो । 

यस्तो क्रियाकलाप ती व्यक्तिकी श्रीमतीको हो जसले फिलिपिन्समा एक अनलाइन बुटिक चलाउँछिन् । उनले आफ्ना सुतिरहेका श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गरिदिइन् । यस्तो उनले अनलाइन कपडा बेच्नका लागि गरिन् । 

यी तस्बिर Jo’s Online Shoppe नामको फेसबुक पेजले सेयर गरेको हो । यसमा क्याप्सनमा लेखिएको छ, ‘म्यानेक्विन छैन ? समस्या छैन । कोसिस चाहिन्छ ।’ 

खबर लेख्ने बेलासम्म यो पोस्टमा लगभग ६ हजारले कमेन्ट गरिसकेका छन् भने ११ हजारले रियाक्सन दिइसकेका छन् । यसका साथै यो पोस्टलाई २२ हजारले सेयर गरिसकेका छन् । धेरैजसोले महिलाको क्रिएटिभ आइडियाको तारिफ गरिरहेका छन् । 

No mannequin ? No problem🙉 Effort is the key mga Sis🤣 Hindi pwedeng walang ambag mga asawa natin no🤣🤣 Hahaha ganto na uso ngayon kung pano Magbenta🤣

Posted by 𝓙𝓸'𝓼 𝓞𝓷𝓵𝓲𝓷𝓮 𝓢𝓱𝓸𝓹𝓹𝓮 on Monday, 25 January 2021

Jo’s Online Shoppe की मालिक जोसेलिन मे ज्याजरेना क्याडेले जब आफ्ना श्रीमानलाई उत्तानो परेर सुतिरहेको देखिन् तब उनले श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गर्नेबारे सोचिन् । त्यसैले उनले सुतिरहेका श्रीमानको जिउमा स्कर्ट, टप, जिन्स र महिलाका विभिन्न परिहन राखिदिएर फोटो खिचिन् । उनले श्रीमानको तस्बिर आफ्नो पसलको फेसबुक पेजमा सेयर गरिन् तब यो मामिला भाइरल भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप