ज्ञानेन्द्रले नारायणहिटी छोडेजस्तै बालुवाटार छोड्नुपर्दा ओलीको होस खुल्छः प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा हिँडिरहेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध काँग्रेस भ्रातृसंगठनद्वारा काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै उनले संसदमा विश्वासको मत लिने आँट नगरेर ओलीले ज्ञानेन्द्रपथ रोजेको बताए ।
नेता सिंहले आम नेपाली जनताले सडकबाट दबाव दिएपछि ओलीको होस खुल्ने बताउँदै उनले भने, ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ ।’ राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिलेको ओलीको कदमलाई पनि सच्याउने विश्वास व्यक्त गरे ।
ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावना विपरित संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको दावी छ । उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार भएको बताए ।
संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै नेता सिंहले भएको संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिँड्ने काम गलत भएको बताए । प्रतिनिधिसभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहाना रचेको उनको भनार्इ छ । ओलीले आफू तानाशाह बन्नका लागि प्रतिनिधिसभा भङ्ग गरेको उनको जिकिर छ ।
संविधानको विशेषता शक्ति सन्तुलन भएकाले यसलाई सुधार गरी चेक एण्ड ब्यालेन्समा राख्ने काम न्यायपालिकाको भएको नेता सिंहको भनाइ छ । सरकारले सत्तामा पुगेपछि आसेपासे पोस्ने गरेको आरोप लगाउँदै उनले नेकपालाई नामको मात्र कम्युनिस्ट पार्टी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण