‘भारत इयूलाई खोप आपुर्ति गर्न इच्छुक’
एजेन्सी । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ । सीरम इन्स्टिट्युट्ले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ ।
इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले भने, “कोभिड–१९ विरूद्धको खो आपूर्ति गर्न इयूका विद्यमान नियमहरूमा परिवर्तन गरिएमा भारतले संघलाई खोप उपलब्ध गराउन सक्छ ।” युरोपमा चाँडै खोप आपूर्ति गर्नका लागि विद्यमान नियमहरूले अवरोध गरेको पनि उनले बताए ।
सीरम इन्स्टिट्युटका अनुसार कम्पनीबाट कोरोनाभाइरस खोपलाई दैनिक २५ लाख मात्राको दरले उत्पादन भइरहेको छ । खोपको अधिकांश हिस्सा भारतमा प्रयोग गरिएको छ भने केही प्रतिशत उत्पादनलाई छिमेकी तथा आफ्ना सहयोगी राष्ट्रहरूलाई उपलब्ध गराइरहेको छ ।
भारतले कोभ्याक्स कार्यक्रममार्फत् गरीब देशहरूलाई ठूलो मात्रामा खोप उपलब्ध गराउने कार्यक्रम पनि अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण