हलिउड स्टारको घरमा गरेका थिए १ अर्ब बढीको लुटपाट, आरोपीले अब किताब लेखेर बताउने छन् चोरीको कहानी
रियालिटी टिभी तथा सोसल मिडिया स्टार किम कार्दासियनको घरमा पाँच वर्ष अघि ७ मिलियन पाउन्ड (१ अर्ब १२ करोड रुपैयाँ) को चोरी भएको थियो । सन् २०१६ मा पेरिस फेसन विकका बेला किमको अपार्टमेन्टमा केही मानिसहरु प्रवेश गरेर उनलाई बन्दी बनाएका थिए । अब यो मामिलामा एक आरोपीले यो पूरा घटनाक्रम बयान गर्दै एउटा किताब सार्वजनिक गर्ने भएका छन् । ६७ वर्षका यूनिस अब्बासको यो किताको नाम ‘आई किडन्याप्ड किम कार्दासियन’ हो ।
यूनिस ती १२ व्यक्तिमा संलग्न छन् जसलाई यो अपहरणको अरोपमा पक्राउ गरिएको थियो । यूनिसका अनुसार यदि उनलाई किम यति लोकप्रिय छिन् भन्ने थाहा भएको भए यो चोरीमा कहिले पनि आफू समावेश नहुने बताएका छन् । अब्बासका अनुसार उनी एक समूहको हिस्सा थिए जसको नाम ग्रान्ड ड्याड रोकर्स हो । यो समूहमा सबै सदस्य ६० देखि ७२ वर्ष समूहका थिए ।
अब्बासलाई उनका साथीले उक्त लुटपाटमा संलग्न हुने नहुने बारे सोधेका थिए । ती व्यक्तिले अब्बासलाई लुटपाट गर्ने व्यक्ति असाध्यै लोकप्रिय स्टार भएको र एक अमेरिकी र्यापरकी श्रीमती भएको पनि जानकारी दिए । अब्बासले भने, ‘म कुनै असाध्यै लोकप्रिय र्यापरलाई चिन्दिनथेँ । मलाई लाग्यो कि यदि तपाईं कसैलाई चिन्नुहुन्छ भने ती व्यक्तिलाई अरुले पनि चिन्दैनन् होला भन्ने मलाई लागेको थियो ।’
यसैकारण अब्बासको यो लुटपाटमा सहभागी भए । यद्यपि, जब उनले किमको घरमा कदम राखे तब उनलाई महसुस भइसकेको थियो कि यो एक निकै ठूलो स्टारको घर हो र यति धनी महिलाको घरमा चोरी गर्दैछन् भनेर उनले कहिले सोचेका पनि थिएनन् । अब्बासका अनुसार उनले किममाथि आक्रमण गरेका थिए र उनले किमलाई बाँधेर बेडको बायाँतर्फ बसालेका थिए ।
यद्यपि, यो चोरीपछि किमले आफ्नो अन्तरवार्तामा उनलाई बाथरुममा लगेर बन्दी बनाइएको बताएकी थिइन् । यसबारे यूनिस भन्छन्, ‘किमले यो चोरीको घटनालाई बढाई चढाई भनेको पनि हुनसक्छ किनभने उनी शो बिजनेसमा छिन् र उनका लागि यी सबै महत्व पनि राख्छन् ।’
यी व्यक्तिले आफ्नो किताबमा दाबी गरे अनुसार किम र उनका सेक्रेटरी बारम्बार ९११ मा डायल गर्ने कोसिस गरिरहेका थिए तर उनीहरु पेरिसमा थिए । यस्तोमा ९११ मा डायल गर्नुको कुनै अर्थ थिएन ।
अब्बासका अनुसार जब किमलाई त्यहाँ आएका लुटेरा उनको हत्या गर्न नभई पैसा चोर्न आएको भन्ने महसुस भयो तब उनले लुटेराको कुरा मानेकी थिइन् । एएफपीसँगको कुराकानीमा ती व्यक्तिले भने, ‘हामीले निकै छिटो लुटपाट गर्यौं । घरभित्र छिर्नु र बाहिर निस्कनमा ६–७ मिनेटको समय लागेको थियो किनभने सबैकुरा निकै राम्रोसँग हुन सक्यो । कसैले पनि हामीलाई रोक्ने कोसिस गरेनन् र घरभित्रका मानिसहरुले हामीलाई सहजै गहना दिएका थिए ।’
अब्बासले भने, ‘चोरी गरेपछि म ढोका बन्द गर्ने कोसिस गरिरहेका बेला मैले गस्तीमा आएका प्रहरी देखेँ । मैले उनीहरुलाई स्यालूट गरेँ र उनीहरुलाई कुनै प्रकारको शंका हुन दिइनँ ।’
फ्रेन्च पत्रिका ले मोंडेका अनुसार यो लुटपाटमा समावेश अर्का एक व्यक्तिले किमको सोसल मिडिया पोस्टका कारण उनीहरुका लागि यो योजना बनाउन निकै सहज भएको बताएका थिए । किमले आफ्ना गहना सोसल मिडियामा देखाएकी थिइन् र उनले आफूले कहिले पनि नक्कली गहना नलगाउने दाबी पनि गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण