अमेरिकी सैनिकले लुटेका थिए हिटलरको टोयलेट सीट, २२ लाखमा भयो लिलामी
जर्मनका विवादित शासक एडोल्फ हिटलरको घरबाट लुटेको सामानलाई अब एक अमेरिकी परिवारले लुटेको छ । यीमध्ये सबैभन्दा चर्चित हिटलरको नीजि टोयलेट सीट रह्यो । हिटलरको टोयलट सिटको लिलामी मूल्य ५ हजार डलरबाट सुरु भएको थियो र यो १५ हजारसम्म पुग्ने आशा गरिएको थियो । यद्यपि, १९ हजार डलर अर्थात् २२ लाख रुपैयाँमा यो सीट लिलामी हुँदा परिवार निकै खुसी छ ।
वास्तवमा दोस्रो विश्वयुद्धको अन्तिम दिनमा हिटलरको मृत्यु भएपछि अमेरिकी सेना बर्कटेसगाडेन पुगेको थियो । यहाँ हिटलरको होलिडे होम थियो र पहाडको बीचमा बनाइएको यो घरमा हिटलर कहिलेकाँही आउने गर्दथे । बमबारी र गोलीबारीले यो शहर ध्वस्त भइसकेको थियो र हिटलरको घरमा प्रवेश गरेर एक अमेरिकी सैनिकले उनको टोयलेट सीट चोरेका थिए ।
रेग्नवाल्ड बोर्च नामका यी अमेरिकी सैनिकलाई जर्मन र फ्रेन्च भाषा राम्रोसँग आउँथ्यो । ती सैनिकलाई वरिष्ठ अधिकारीले उनले चाहेको खण्डमा हिटलरको घर अथवा बर्गहोफबाट ल्याउन सकेको जति सामान ल्याउन अनुमति पाएका थिए । त्यसपछि यी सैनिकले हिटलको नीजि टोयलेट सीट पनि ल्याएका थिए ।
सेतो रङको यो काठको टोयलेट सिट ४५ इन्च चौडा छ । बोर्चले सुरुमा यसलाई सिपिङको सहारामा अमेरिका ल्याए । त्यसपछि उनले यसलाई न्यूजर्सीको आफ्नो घरको बेसमेन्टमा राखिदिएका थिए । ८ फेब्रुअरी (सोमबार) अमेरिकाको मेरिल्याण्डमा एलेक्जेन्डर हिस्टोरिकल अक्सन्सले यो लिलामीको आयोजना गरेका छन् । यो लिलामी कम्पनीका अनुसार जबदेखि रेग्रेवाल्डले यो टोयलेट सीट र अन्य सामान घरमा ल्याएका थिए, उनी ती सामानहरु घरको बेसमेन्टमा नै राखेका थिए ।
यसबाहेक हिटलरका केही नीजि सामान पनि लिलामी भएको छ । यसमा हिटलरको सेभिङ मग र म्युनिख अपार्टमेन्टमा भेटिएको उनको आफ्नै फोटो छ । यसबाहेक यूएस प्यारासुट रेजिमेन्टका एक सैनिकले हिटलको नीजि हेयरब्रस पनि ल्याएका थिए । उक्त हेयरब्रसमा भएका हिटलरका केही कपाल पनि लिलामी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण