काङ्ग्रेस र कम्युनिष्टसँग जनता वाक्कदिक्क भए : कमल थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठ र काङ्ग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए ।
आज पार्टीको हेटौंडा–५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभाव सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गरे । उनले धार्मिक द्वन्द चर्केर जाने खतराप्रति पनि चिन्ता प्रकट गरे।
थापाले निर्वाचन प्रणाली खर्चिलो भएको बताउँदै निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको बताए । थापाले विकास र समृद्धिको सपनालाई २०६२–६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो। कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नवराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण