महाभाराका बाढीपीडित सांस्कृतिक कार्यक्रममा भए खुशी
दमक – झापा स्थित महाभाराको भन्सार बजारमा दशैंलाई विदाई र तिहार तथा छैठ पर्वको स्वागतमा सांस्कृतिक तथा सम्मान कार्यक्रम भएको छ ।
कार्यक्रममा गत श्रावणमा आएको बाढीबाट पीडित महाभाराबासीले बाढीको पीडा भने यसरी भुलेका थिए, जब मत सोह् बर्से ठिटो बोलको गीत लिएर मन्चमा उत्रिए गायक रेवत राई तव एउटै गीत पटक पटक गाउन आग्रह भईरह्यो । गायक रेवतले सोल्टिनी लाई, कुइक माया कुईक, गलत बाटो, नो नो नो डाउट, आपाको छोरी, तिम्रो घर को लगायत दर्जन गित प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुटबल आईडल एन्जिला रेग्मी र इसक राईको बेजोड प्रस्तुती थियो । त्यस्तै केवी राईसहित स्थानीय कलकारको प्रस्तुति थियो भने सदाबहार सांगितिक समुह शिवसताक्षीका दिपक तामाङ नेतृत्वको टोलीले नृत्य र हाँस्यव्यङग्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएको थिए ।

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ मा पर्ने माहाभाराको भन्सार बजारमा बिहीबार दशैंलाई विदाई गर्दै तिहार तथा छैठ पर्वको स्वागतमा साँस्कृतिक तथा सम्मान कार्यक्रम भएको हो ।
स्थानीय द हन्टर यूवा समुहले राष्ट्रिय कलाकारहरुका अतिरिक्त स्थानीय लोपोन्मुख सन्थाल जातीको परम्परागत नृत्यका साथ बजार स्थापनाका लागि जग्गा दान गरेका दाताहरुलाई सम्मान समेत गरेका थिए ।
उक्त अवसरमा भन्सार बजार स्थापनाका लागि करीब २२ बर्ष अघि निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाता यामबहादुर साम्सोहाङ लिम्बु , हर्कमाया लिम्बु र कपिलमणी काँशीराम पौडेललाई सम्मान गरेको छ ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंंघ प्रदेश नम्बर १ का संयोजक तथा राजनीतिक सामाजिक व्यक्तित्व एलपी साँवाको विशिष्ट आतिथ्य रहेको थियो भने विशेष अतिथीमा दलित सञ्जाल झापाका सचिव सुशील बराईली थिए ।
बाढीबाट पीडितहरुलाई साँस्कृतिक कार्यक्रमको माध्यमबाट पीडा सहन गर्ने शक्ति मिलेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण