बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा भूकम्प, ४० भन्दा बढी घाइते

बिहीबार, ०६ फागुन २०७७, २२ : २५
बिहीबार, ०६ फागुन २०७७

एजेन्सी । इरानमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ ।

भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवनहरु, सडकलगायतका संरचनाहरु भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् । भूकम्पले पुर्याएको सबै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप