आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ह्वावेले फाइभजी इनोभेसन टेलिकम बाहेकका इन्डष्ट्रीेहरूमा अन्वेषण गर्दै

शुक्रबार, ०७ फागुन २०७७, १५ : १०
शुक्रबार, ०७ फागुन २०७७

शेन्जेन । ह्वावेले खानी, यातायात, र संगीत जस्ता क्षेत्रहरूमा औद्योगिक फाइभजी अनुप्रयोगहरूमा नयाँ अवसरहरूको अन्वेषण गरिरहेको जनाएको छ । ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले हालसालै चीनमा ग्लोबल मिडियासँग गरेको अन्तर्वार्तामा सो खुलासा गरेका हुन् । फाइभजी युगमा विविध उद्योगहरूको लागि आधारभूत प्लेटफर्महरू प्रदान गर्न यसको नवीनता र कोर व्यवसायमा ह्वावेको निरन्तर ध्यान केन्द्रित गर्ने पनि उनको जोड छ ।  

आईसीटी समाधान प्रयोग गर्न ह्वावेको ध्यान केन्द्रित गरी लिगेसी उद्योगहरूलाई नवीनतम बनाउन सहयोग गर्दै रेन झेंगफेईले भने, ‘फाइभजी युगमा व्यवसायहरुलाई कनेक्ट गर्नु नै मुख्य लक्ष्य हो । विभिन्न उद्योगहरूको लागि फाइभजी अनुप्रयोगहरू भिन्न छन्, तर प्रायः सबै प्रविधिहरू समान हुन् । त्यसैले हाम्रो मुख्य लक्ष्य विभिन्न उद्योगहरूमा इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्यूटिङ सिस्टमको प्रयोग बढाउनु हो ।’

यस विकासलाई गति दिन ह्वावेको पुरानो प्रतिबद्धता, आधारभूत अनुसन्धान र नवीनतामा लगानी आवश्यक हुने देखिन्छ । रेनका अनुसार, ह्वावेले विश्वभर १०० भन्दा बढी अनुसन्धान केन्द्रहरू र संयुक्त ल्याबहरू निर्माण गरेको छ, जुन गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, र सौन्दर्यशास्त्रमा विशेषज्ञ छन्, जसमा स्मार्ट सिटी, अटोनोमस भोइकल, स्मार्ट शिक्षा, स्वास्थ्य सेवा, खानी आदिको बढ्दो इकोसिस्टमको लागि फाइभजी अनुप्रयोगहरू र आईसीटी समाधानहरू विकास गरिरहेको छ ।

यी इनोभेशन ल्याबहरू ग्राहकहरुसँग सह(साझेदार छन् जसले अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरी उनीहरूको सम्बन्धित उद्योगहरूको आवश्यकताअनुसार अनुसन्धान निर्देशित गर्छन । र, इलेक्ट्रोनिक्स टेक्नोलोजीमा ह्वावेको विशेषज्ञताले यी उद्योगहरूको लागि उत्कृष्ट अनुप्रयोग र सेवाहरू विकास गर्न मद्दत गर्दछ ।

उद्योगका ग्राहकहरु र साझेदारहरुसँग संयुक्त सहयोगअन्तर्गत ह्वावेले विश्वभरका शहरहरु जस्तै बर्लिन, सियोल, बैङ्कक र रियाद मा फाइभजी नेटवर्क र डिजिटल कनेक्सन निर्माण गर्न मद्दत गरेको छ । यी नेटवर्कहरूले हाई(एन्ड उपकरणहरूको लागि निर्बाध कनेक्टिभिटी र उच्चतम प्रदर्शनलाई सक्षम पारेर, उद्योगको अग्रणी क्षमताहरू प्रमाणित गरेका छन् ।

आज, अग्रणी वैश्विक आईसीटी समाधान प्रदायकको रूपमा, ह्वावेले बेस्ट इन क्लास उत्पादन तथा आफ्नो ग्राहकहरूलाई उत्तम समाधानहरू प्रदान गरिरहेको छ । ह्वावेले २००९ मा फाइभजी टेक्नोलोजीको अनुसन्धान शुरू गर्यो र २०१९ को अन्तसम्ममा २६,६०० स्ट्यान्डर्डको योगदान थ्रीजीपीपीमा पेश गरेको थियो । युरोपेली दूरसञ्चार मानक संस्थानका अनुसार कम्पनीले ४,३४८ महत्वपूर्ण फाइभजी पेटन्टहरुको फ्यामिलिको स्वामित्व पाएको छ, जुन कुल को २०% भन्दा बढी रहेको छ । यसले फाइभजी पेटन्टको मामलामा सबै भेन्डरहरुमा ह्वावेलाई पहिलो स्थानमा राखेको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप