गुगल र फेसबुकले अष्ट्रेलियामा समाचारका लागि रकम तिनुपर्ने, कानून पारित
अष्ट्रेलियाले संसारको पहिलो यस्तो कानून पारित गरेको छ जसअनुसार फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचारका लागि भुक्तानी गर्नुपर्नेछ ।
यो कानूनमाथि अमेरिकी टेक कम्पनीले कडा विरोध जताएको छ ।
अघिल्लो हप्ता फेसबुकले अष्ट्रेलियामा बस्नेहरुका लागि समाचारको पहुँचमा रोक लगाएको थियो । साथै फेसबुकमा समाचार सेयर गर्न पनि रोक लगाएको थियो । यद्यपि, यो हप्ता सरकारसँगको कुराकानीपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो ।
यो कुराकानीको आधारमा सरकारले तल्लो सदनमा जुन कानून प्रस्ताव गरेको थियो त्यसमा केही संशोधन गरिएको छ र केही केही बुँदामा दुबै कम्पनीलाई नयाँ कानूनबाट राहत मिल्ने प्रावधान पनि राखिएको छ ।
तर दुबै कम्पनीलाई अष्ट्रेलियाली ठूला प्रकाशकलाई आकर्षक रकम प्रदान गर्नका लागि प्रतिबद्ध गराइएको छ । यसलाई मोटामोटी रुपमा टेक कम्पनीको तर्फबाट गरिएको सम्झौताको रुपमा हेरिएको छ ।
अष्ट्रेलियाको यो कानून विश्वभरका निकायका लागि डिजिटल माध्यममा खबरका लागि भुक्तानीको एउटा नयाँ मोडल प्रमाणित हुनसक्ने बीबीसीले बताएको छ ।
बिहिबार यो कानून हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण