यो वर्ष कोरोना महामारी अन्त्य नहुने विश्व स्वास्थ्य संगठनको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा नपाउने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी गरेर यस त्रासदीबाट बाहिर भने निस्कन सकिनेछ ।’ उनले पछिल्लो हप्ता विश्वभर कोरोनभाइरस संक्रमितको संख्या बढेको बताउँदै यसबाट हामीले सर्तक हुनुपर्ने जिकिर गरे ।
डब्लूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो हप्ता यूरोप अमेरिका र दक्षिण पूर्वी एसियाका देशहरुमा कोरोनाभाइरस संक्रमणको मामिला बढेको बताए । यस्तो पछिल्लो सात हप्तामा पहिलो पटक देखिएको उनको भनाइ थियो । उनले यो निकै निराशाजनक भएको बताए । धेरै देशहरुमा सामाजिक दुरीमाथिको कडाइ कम गर्दै लगिएको कारण यस्तो भएको हुनसक्ने उनको भनाइ छ । ‘मानिसहरु लापरवाह हुँदैछन्, जसले कोरोनाभाइरसको भेरिएन्ट तीव्र गतिमा फैलिँदैछ,’ उनले भने ।
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ११.४९ करोड बढी पुगेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी निको भएका छन् । हालसम्म २५ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
उता, अफ्रिकी राष्ट्रहरुमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ । डब्लूएचओका अनुसार पश्चिमी अफ्रिकी देश घनालगायत देशमा खोप अभियान सुरु गरिएको छ । गत हप्ता ती देशहरुमा सिरम इन्सिटिट्यूटको खोप पुगेको थियो ।
स्रोतः दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण