प्रचण्ड–माधवपक्षको संसदीय दलको बैठक आज
शुक्रबार, २१ फागुन २०७७, १० : ३७
काठमाडौं । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् ।
नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ भने ओली पक्षले आइतबार ३ बजे दलको बैठक डाकेको छ ।
प्रचण्ड–माधव पक्षले आज बोलाएको बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने नेताहरुले बताएका छन् । सो पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
यस्तै, नेपाली काँग्रेस संसदीय दलको बैठक पनि शुक्रबारै बस्दैछ । काँग्रेसले दिउँसो २ बजेलाई दलको बोलाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण