नझुक्किनुस् – यो पेन्सिलले कोरिएको चित्रमात्र हो
पत्याउन गाह्रो छ, तर तपाई चित्रमा देखिरहनु भएको आलु चिप्सको निलो प्याकेट वास्तविक होइन, यो एउटा चित्रकला मात्रै हो ।
ट्वीटर प्रयोगकर्ता सिनो यस साता कलर पेन्सिलले कोरेका यस्तै चित्रहरूका कारण भाइरल बनेका छन् । सिनोको चित्रकला यति पूर्ण छ कि उनले कोरेका चित्र हेरेर मानिसहरु झुक्किन्छन् । उनले आफुले पूर्ण चित्र तयार गर्नु अघिको आधा कोरिएको चित्रलाई पनि ट्वीटरमार्फत शेयर गरेका छन्, यी चित्र केवल कलर ड्रइङ्ग्स मात्रै हुन् भनेर अन्य प्रयोगकर्ताहरूलाई आश्वस्त गर्नका लागि उनले यस्तो गरेका हुन् ।
तर पेन्सिलबाट यस्तो चित्र बनाउन सहज भने छैन । जे टाउनसँगको कुराकानीमा १९ वर्षीय सिनोले आलु चिप्सको निलो ब्याग बनाउनका लागि झन्डै ५० घण्टा खर्चिएको जानकारी दिएका छन् । यसमध्ये अधिकांश समय त लाइट रिफ्लेक्सन्समै खर्च भयो ।
सिनोको यो ट्वीटर एकाउन्ट फलो गरेर तपाईले यस्तै अन्य चित्र हेर्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण