आकाशबाट खसेका ढुङ्गालाई जम्मा गर्छन् यी व्यक्ति, कमाइरहेका छन् करोडौं
आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गर्ने एक व्यक्तिले करोडौं रुपैयाँ कमाइरहेका छन् । ४८ वर्षका यी व्यक्तिको नाम हो–माइक फार्मर । अमेरिकाको एरिजोनामा बस्ने माइक संसारभरी उल्कापिन्ड डिलरको रुपमा चर्चित भइसकेका छन् ।
द सनको रिपोर्ट अनुसार माइक फार्मरले उल्कापिन्डलाई खगोलविद्देखि असाध्यै धनाढ्यका लागि बेच्ने गर्छन् । तर उल्कापिन्ड संकलन गर्न त्यति सहज भने छैन । थुप्रैपटक उल्कापिन्डको खोजीमा माइक फार्मरले खतरा पनि मोल्नुपर्छ ।
उल्कापिन्डको खोजीमा खतराको सामना गर्नुपर्ने स्थितीलाई माइक भन्छन्, ‘मलाई एड्भेन्चर मनपर्छ र यो काममा मजा आउँछ ।’ माइक उल्कापिन्डको खोजीमा जङ्गल र सुनसान इलाकामा पनि जानुपर्छ । माइकका अनुसार उल्कापिन्डबारे पत्ता लगाउनका लागि उनले असाध्यै धेरै भाग–गुणा गर्नुपर्छ । भाग–गुणामार्फत् नै उनी उल्कापिन्ड कता खस्दैछ वा पूर्वमा कता पट्टी खसेका हुनसक्छन् भनेर अन्दाज लगाउन सक्छन् ।
माइक फार्मर उल्कापिन्ड खरिद पनि गर्छन् र त्यसपछि उचित दाम पाउँदा त्यो बेच्छन् । उनका अनुसार विद्यार्थी ऋणमा उनले सबैभन्दा पहिला सन् १९९५ मा ढुङ्गाको केही टुक्रा खरिद गरेका थिए ।
एकपटक माइक फार्मरले मोरक्कोको भ्रमण गरेका थिए र त्यहाँबाट एउटा ठूलो मून रन खरिद गरे । तर जब उनले यो खरिद गरे तब उनी आफैंलाई पनि उक्त ढुङ्गाको वास्तविकताबारे थाहा थिएन । पछि उनले खरिद गरेको मून रक करिब ११ करोड बढीमा बिक्रि भएको थियो । यो पैसाले उनले आफ्नो ऋण चुक्ता गरिदिए र एउटा घर खरिद गर्न पनि सफल भएका थिए । त्यसपछि उनले यो व्यवसायमा कहिले पनि पछाडि फर्केर हेर्नुपरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण