गीत गाएर आफ्नो आमालाई बोलाउने बाघ !
रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो । यो प्रजातीका बाघ सबैभन्दा ठूला, तेज र चलाख हुन्छन् । विटासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेज जस्तै आवाज निकाल्छ ।
सर्बियाको बरनाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेजस्तो र कतिपयलका लागि बाँदरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
चिढियाखानाका कर्मचारीका अनुसार यस बाघका धेरै भाई–बहिनी छन् । त्यसकारण उनीहरुबाट आफ्नी आमाको ध्यान आफुतर्फ खिच्न यो बाघ चिच्याउने गर्छ । विटास त्यतिबेलासम्म चिच्याउँछ, जबसम्म आफ्ना सबै काम छाडेर आमा ऊ समक्ष आउदिँनन् ।
अमुर प्रजातीको बाघ संसारकै सबैभन्दा ठूलो बाघ हो, तर यो प्रजाती खतरामा छ । पूर्वी रुसमा यस प्रजातीका केवल ६ सय बाघ आफ्नो प्राकृतिक घरमा सुरक्षित छन् । सोभियत संघको विघटनपछि सिकारी बढ्दा उनीहरुको अस्तित्वमा संकट पैदा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण