निखिललाई हेर्न र सेल्फी खिच्न दर्शकको भिड
काठमाडौंँ । अभिनेता निखिल उप्रेती, ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, कवि एवम् गीतकार दिनेश अधिकारी एकसाथ सम्मानित भएका छन् । शनिबार सर्लाहीको हजरियास्थित खेल मैदानमा आयोजित ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ कार्यक्रममा उनीहरुलाई आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
कलाकार र पत्रकारसहित १७ जना सम्मानित भएको कार्यक्रममा गायक शिव परियार, हाँस्यकलाकार शिवशंकर रिजाल (जोगेन्दर),महिला निर्देशक सम्झना उप्रेती रौनियार, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, रंग पत्रकार प्रदीप कार्की, गायक यशकुमार, निर्देशक पुर्णेन्द्र झा, संगीतकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, गायक कमल खत्री, कलाकार विजय बराल, मोडल कविता नेपालीले समेत सम्मान पाएका थिए ।
कार्यक्रमभन्दा अगाडि कलाकारहरुलाई टायरगाढामा राखेर भव्य र्याली समेत निकालिएको थियो । निखिल उप्रेतीलाई हेर्न र सेल्फी खिच्न दर्शकको भिडनै लागेको थियो । कार्यक्रममा अभिनेता निखिल जन्मथलोमा सम्मानित हुन पाउँदा खुसी लागेको बताए ।
नगरपालिका प्रमुख देवानन्द महतोले कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्ला चिनाउनेलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए । रंग पत्रकार नविन गिरी र स्थानीय नविन यादवको संयोजनमा भएको सम्मान कार्यक्रममा काठमाडौंबाट पुगेका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति समेत दिएका थिए । कार्यक्रमले अगामी वर्षमा पनि निरन्तरता पाउने संयोजक गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण