महिनावारी हुँदा आँखाबाट रगत बग्यो
२५ वर्षीया एक युवतीको एक दुर्लभ रोगका कारण महिनावारी हुँदा आँखाबाट रगत बग्यो ।
आँखाबाट रगत बग्ने अति दुर्लभ स्थितिलाई हेमोलाक्रिया भनिन्छ तर भारतका डाक्टरले यी महिलाको स्वास्थ्य स्थितिलाई योभन्दा पनि दुर्लभ ‘ओक्युलर भिक्यारियस मिन्स्ट्रुएसन’ नाम दिएका छन् । नाम नखुलाइएकी यी २५ वर्षीया महिला चन्डिगढको एक अस्पतालमा आफ्नो समस्या लिएर पुगेकी थिइन् । उनीमाथि गरिएका विभिन्न परीक्षण साधारण नै आए । महिनावारी भएकै बेला आँखाबाट रगत बग्ने समस्या देखा परेको ती युवतीले जानकारी दिएपछि दिएपछि डाक्टरले यो कोणबाट परीक्षण सुरु गरेका थिए ।
अडिटी सेन्ट्रेल अनुसार ती युवतीले रगतका आँसुले आफूलाई कुनै असहज र पीडा भने महसुस नगराएको जानकारी दिइन् । विस्तृत नेत्ररोग र रेडियोलोजिकल परीक्षणहरुले उनको अवस्था सामान्य बाहेक केही देखाएको थिएन ।
हालसम्म उनको आँखाबाट दुई पटक रगतका आँसु बगे । डाक्टरसँगको कुराकानीमा उनले दुबैपटक आफू महिनावारी भएका बेला आँखाबाट रगत बगेको बताइन् ।
यो अति दुर्लभ स्वास्थ्य स्थितिमा महिलाहरुको यौनाङ्गबाहेक अन्य अङ्गबाट रगत बग्ने गर्छ । यीमध्ये सबैभन्दा साधारण नाकबाट रगत बग्नु हो । यद्यपि, कतिको ओठबाट, आँखाबाट, फोक्सोबाट, पेटबाट पनि रगत बग्ने गरेका केस भेटिएका छन् ।
उनको स्वास्थ्य स्थितिबारे पत्ता लागेपछि उनलाई एस्ट्रोजन र प्रोजेस्टेरोनयुक्त गर्भनिरोधक चक्की खुवाउन लगाइयो । तीन महिनाको फलोअप पछि अब उनको आँखाबाट रगत बग्न बन्द भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण