रोहिंग्या बस्तीमा भीषण आगलागी, कम्तिमा १५ जनाको मृत्यु, ४ सय बढी बेपत्ता
एजेन्सी । बंगलादेशमा सोमबार राती संसारकै सबैभन्दा ठूलो रोहिंग्या मुसलमानको बस्तीमा भीषण आगलागी हुँदा हज्जारौं अस्थायी घर जलेर नष्ट भएका छन् । काँकस बजार इलाकाको बालुखाली शिविरमा भीषण आगलागी भएको हो । केहीबेरमा सो आगलागी निकै ठूलो क्षेत्रमा फैलिएको थियो । आगलागीमा परेर कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।
शरणार्थी शिविरका अस्थायी आवास टेन्ट, प्लाष्टिक र मोटा पोलिथिन शीटबाट निर्माण भएका थिए । प्लाष्टिकका सामानबाट अस्थायी आवास बनेकोले पनि आगलागी फैलिन सहयोग पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका शरणार्थी एजेन्सीका प्रवक्ता लुइस डोनोवानका अनुसार भीषण आगलागीको खबर पाउने वित्तिकै उद्धारकर्मीहरुको ठूलो पंक्ति सक्रिय भएको थियो र उनीहरुले धेरैजनाको ज्यान बचाउन सफल भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार आगलागीमा परेर कयौं शरणार्थीहरु जलेर मारिएको आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण