ब्युँतियो अनेरास्ववियू (क्रान्तिकारी), पुरानै पदाधिकारी पुनर्जीवित
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन पुनः अनेरास्ववियू (क्रान्तिकारी) को रुपमा ब्यूँतिएको छ । बिहीवार बसेको पदाधिकारी बैठकबाट सो निर्णय भएको हो । यसअघि एमाले निकट अनेरास्ववियुसँगको एकताबाट एकीकृत संगठनको नाम अनेरास्ववियू रहेको थियोे ।
अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ । जसअनुसार अध्यक्षमा रञ्जित तामाङ , उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी , विजय गौतम , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल, रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।
यसैगरी उपमहासचिवमा जिपी मैनाली र तुकमान महरा रहेका छन् । सचिवमा नरेश रेग्मी , पवन कार्की , मदन भट्टराई , सुर्यनारायण शाह , क्षितिज सापकोटा , नारायण खनाल , अम्मरराज शाही , राजकुमार लिम्बू , अच्युत भट्ट , गजेन्द्र देव , प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।
आउँदो चैत्र १४ गते काठमाडौंमा बस्ने क्रान्तिकारीको केन्द्रीय कमिटीको विस्तारित वैठकबाट नयाँ परिस्थितिमा संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । विस्तारित बैठकमा केन्द्रीय समितिका सदस्यहरु र सवै जिल्लाका संयोजक र सहसंयोजक सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण