शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ब्युँतियो अनेरास्ववियू (क्रान्तिकारी),  पुरानै पदाधिकारी पुनर्जीवित

बिहीबार, १२ चैत २०७७, २३ : ०१
बिहीबार, १२ चैत २०७७

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन पुनः अनेरास्ववियू (क्रान्तिकारी) को रुपमा ब्यूँतिएको छ । बिहीवार बसेको पदाधिकारी बैठकबाट सो निर्णय भएको हो । यसअघि एमाले निकट अनेरास्ववियुसँगको एकताबाट एकीकृत संगठनको नाम अनेरास्ववियू रहेको थियोे । 

अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ । जसअनुसार अध्यक्षमा रञ्जित तामाङ , उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी , विजय गौतम , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल, रविकिरण यादव  र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।

यसैगरी उपमहासचिवमा जिपी मैनाली र तुकमान महरा रहेका छन् । सचिवमा नरेश रेग्मी , पवन कार्की , मदन भट्टराई , सुर्यनारायण शाह , क्षितिज सापकोटा , नारायण खनाल , अम्मरराज शाही , राजकुमार लिम्बू , अच्युत भट्ट , गजेन्द्र देव , प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।

आउँदो चैत्र १४ गते काठमाडौंमा बस्ने क्रान्तिकारीको केन्द्रीय कमिटीको विस्तारित वैठकबाट नयाँ परिस्थितिमा  संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । विस्तारित बैठकमा केन्द्रीय समितिका सदस्यहरु र सवै जिल्लाका संयोजक र सहसंयोजक सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप