होलान् त रेशम चौधरी रिहा ? सरकारले थाल्यो वार्ता
काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि आन्दोलनरत पक्षसँग सरकारले वार्ता थालेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेसँगै आजैदेखि वार्ता सुरु हुन लागेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आजैदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु हुन लागेको जानकारी दिए । सरकारले मन्त्रिपरिषद् बैठकबाटै बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
रेशम चौधरीलाई रिहाइको माग गर्दै केही दिन अघिदेखि थारु कल्याणकारी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राजधानीको माइतीघरमा धर्ना दिँदै आएको छ । १९ बुँदे माग अघि सारेर आन्दोलित सो समूह रहँदै गर्दा जनता समाजवादी पार्टीले समेत उनको रिहाइको माग गर्दै आएको छ ।
उनको रिहाइ भए सरकारमा जान तयार रहेको जसपाको एक समूहले बताउँदै आएको छ । यस्तो अवस्थामा सरकारले वार्ता टोली बनाएपछि अब चौधरी रिहा होलान् ? भन्ने चासो सुरु भएको छ । सरकारले सबै प्रकारका हिंसात्मक गतिविधिलाई अन्त्य गर्दै देशलाई शान्तिपूर्ण बनाउन लागिपर्ने लक्ष्यअनुसार वार्ताका लागि समिति बनाएको प्रवक्ता गुरुङको भनाइ छ ।
यसअघि चैत १२ मा आन्दोलनरत पक्षलाई भेट्न गृहमन्त्री थापा आफैं माइतीघर पुगेका थिए । रेशम चौधरी र लक्ष्मण चौधरी समेतको मुद्दा खारेजका लागि आयोजित विरोधसभामा थापा सहभागी भएपनि सरकारको आलोचना समेत भएको थियो । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




