भेटियो अचम्मको लड्डु
संसारमा अचम्मको चिजको खोजी सँधै भइरहेको हुन्छ । कहिलेकाँही यस्ता चिज भेटिन्छन् जसको बारेमा विश्वास गर्न गाह्रो हुन्छ । यसै सन्दर्भमा भारतमा अचम्मित पार्ने सत्य फेला परेको छ । यसले तपाईंलाई पनि अचम्ममा पार्न सक्छ कि !
केही वर्ष अघि राजस्थानमा शोधकर्ताले अचम्मको लड्डु भेटेका थिए ।
द फ्री प्रेस जर्नलका अनुसार सन् २०१७ मा राजस्थानको अनुपगढमा उत्खननको क्रममा सातवटा लड्डु भेटिए । पछिल्लो चार वर्षदेखि यसबारे अनुसन्धान भइरहेको थियो । अहिले प्राप्त शोध रिपोर्ट अनुसार यस लड्डुका बारे अचम्मलाग्दा तथ्य भेटिएका छन् । मल्टीग्रेन तथा उच्च प्रोटिनयुक्त यी लड्डुको प्रयोग करिब चारहजार वर्ष पहिले हुने गरेको थियो ।
भारतीय पुरातत्व सर्वेक्षण तथा लखनउको बीरबल सहनी इन्स्टिच्युट अफ प्यालियोसाइन्सेज (बीएसआइपी) ले गरेको सर्वेक्षणमा लड्डु करिब २६ सय इशापूर्वको हो । लड्डु पूरै कडा ढुङ्गा जस्तै भइसकेका थिए ।
खोजपछि लड्डूलाई संरक्षित ढंगले राखिएको थियो । वैज्ञानिक राजेश अग्निहोत्रीका अनुसार लड्डु फुटेको भए यो सबै नष्ट हुने थियो ।
राजेशका अनुसार लडडू माथि पानी हाल्दा यसको रंग परिवर्तित भयो। पानी हाल्नासाथ लडडू बैजनी रङको हुन पुग्यो ।
एक थरीले यी लड्डुको सम्बन्ध कुनै रहस्यमयी घटनासँग हुने अनुमान पनि गरेका छन् ।
उत्खननमा लड्डू भेटिँदा यसको नजिक राखिएका केही मूर्ति र बञ्चरो पनि फेला परेका छन् । लड्डुलाई थप अनुसन्धानका लागि बीएसआइपी पठाइएको छ। बीएसआइपीका वैज्ञानिक अन्जुम फारुकीका अनुसार प्रारम्भिक अनुसन्धानमा लड्डू काबुली चना, जौ र गहूँबाट बनेको थाहा हुन आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण