इनार किन गोलो नै हुन्छ ?
तपाईंले पक्कै पनि इनार देख्नुभएको छ होला । कतिले इनारबाट पानी पनि झिकेको हुनुपर्छ । आजकाल धेरैको घरमा नै इनार बनाइन्छ । आफ्नै घरमा नदेखेपनि अन्यत्र देख्नुभएको हुनसक्छ । तर तपाईंले हालसम्म जति पनि इनार देख्नुभएको छ, त्यो सबै गोलो आकारको देख्नुभएको होला । चारकुने इनार सायदै बनाइन्छन् तसर्थ तपाईंले सायदै देख्नुभएको होला ।
तर, कहिल्यै सोच्नुभएको छ ? इनार किन गोलो नै हुन्छ ? यदि यो जिज्ञासा तपाईंको मनमा उत्पन्न भएको छ भने आउनुस् यसको कारण बारे जानकारी लिऔं ।
पानीका लागि बनाइने इनार त्यसै गोलाकार बनाइएको होइन । यसको पछाडि वैज्ञानिक कारण छ । इनार गोलाकार बनाउनुका अनेक फाइदा छन् । यही कारणलाई मध्यनजर गरेर इनार गोलाकार बनाइन्छ ।
इनार गोलो बनाउँदा यो ज्यादै मजबुत हुन्छ । यसको कारण यो हो कि पानीको चाप चारैतिर बराबर पर्छ । यदि चारकुने बनाउने हो भने चारकुनामा पानीको धेरै चाप पर्छ र इनार लामो समय टिक्दैन ।
इनार लामो समय सम्मको टिकाउ र प्रयोगका लागि पनि गोलो बनाउने गरिन्छ । यदि हामीले कुनै तरल पदार्थ भण्डारण गर्‍छौं भने त्यसको चापभण्डारण गरिएको वस्तु वा चिजका भित्ताहरुमा पर्न जान्छ । यसैकारण इनार गोलो बनाइन्छ ।
इनार गोलो बनाउँदा पानीको चाप गोलाकार भएका कारण सबै सतहमा समान रुपले पर्न जान्छ जसका कारण एउटै भागमा मात्र चाप पर्न नगइ बराबर हुन गएका कारण गोलो इनार बलियो हुनजान्छ ।
इनार गोलो बनाउनुको पछाडिको अर्को कारण भनेको यसलाई बनाउन सजिलो हुनु पनि हो । चारकुने बनाउँदा खन्न र मिलाउन पनि ज्यादै गाह्रो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण