भगवानलाई जल चढाए कोरोना भाग्ने हल्ला फैलिएपछि...
बुधबार, २२ वैशाख २०७८, २१ : ५१
गुजरातको अहमदाबादस्थित साणंद क्षेत्रमा एउटा अफवाह फैलिएपछि हजारौँको संख्यामा मानिसहरु भेला भएका छन् । यस घटनासँग जोडिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिलाहरुको ठूलो भिड टाउकोमा पानीको गाग्री बोकेर हिँडिरहेको देख्न सकिन्छ ।
कसैले हिन्दू देवता बलिया देवलाई जल अभिषेक गरे मानिसहरु कोरोनाबाट बच्न सक्ने हल्ला फैलाए पछि निधराड र नवापुरा गाउँका महिलाहरु आफ्नो टाउकोमा पानीको गाग्री बोकेर मन्दिर हिँडेका थिए । अहम्दाबाद ग्रामिणका डेप्युटी एसपी केटी कमरियाका अनुसार चाँगोदार थानेको नवापुरा गाउँ र साणंदको निधराड गाउँबाट ठूलो संख्यामा पानी लिएर बलिया देव मन्दिर पुगेका थिए ।
प्रहरीले यस घटनामा २३ जनालाई पक्राउ गरेको छ । नवापुरा गाउँको सरपञ्चलाई पनि पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण