दुई साना विमान आकाशमा ठोक्किए, एउटालाई प्यारासुटको सहायता दिएपछि दुबैको सुरक्षित अवतरण
अमेरिकाको डेनभरमा ठोक्किएका दुई विमानमध्ये एकलाई प्यारासुटको सहायतापछि बिस्तारै जमिनमा अवतरण गरिएको छ । अवतरणपश्चात्, उक्त विमानबाट दुई व्यक्ति निस्किएको सेरिफ कार्यालयका प्रवक्ताले बुधबार जानकारी दिए ।
अर्को विमान, सानो कार्गो टर्बोप्रप, विमानस्थलमा अवतरण भएको एरापाहो काउन्टी सेरिफको कार्यालयका सह प्रवक्ता जोन बार्टमानले भने । एक्ला व्यक्ति रहेका उक्त विमानमा पनि कुनै क्षती भएन ।
ती दुई विमान चेरी क्रिक स्टेट पार्कको आकाशमाथि बिहान १०ः२५ मा ठोक्किएको उनले बताए । बार्टमानका अनुसार यसमा कुन विमानको गल्ती भएको हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।
‘साधारणतया यस्ता दुर्घटना भयानक हुन्छन् तर यो त निकै अचम्म भयो,’ बार्टमानले भने । ‘हाम्रो अधिकार क्षेत्रभित्र थुप्रै विमान दुर्घटना भए । तर कुनै विमानलाई प्यारासुट प्रयोग गरेर सुरक्षित अवतरण गराइएको कहिल्यै देखेका वा सुनेका थिएनौं ।’
यहाँ दिइएको यो तस्बिर की लाइम एयर मेट्रोलाइनरको हो जुन बुधबार आकाशमाथि अर्को विमानसँग ठोक्किँदा पनि सेन्टेनियल विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।
प्यारासुट प्रयोग गर्ने विमान सिरस एसआर२२ हो ।
‘यो निकै बिस्तारै र राम्रो तरिकाले तल झर्‍यो, ’ उनले भने ।
अधिकारीका अनुसार अर्को विमान मेट्रोलाइनर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण