यस्तो छ संगीताको ‘कमिलाको ताँती..’.
काठमाडौं – गायिका संगीता रायमाझीले संगीतप्रेमी श्रोता तथा दर्शकका लागि ‘कमिलाको ताँती’ ल्याएकी छन् । केही दिन अगाडि सार्वजनिक गीत तथा भिडियोले राम्रै चर्चा पाइरहेको छ । गीतको भिडियोमासंगीतासँगै प्रताप दासले पनि अभिनय गरेका छन् ।
लेखु सहयात्रीको शब्द रचना र भीम बिसीको संगीत रहेको गीतले संगीताको सांगीतिक करिअरमा इँटा थप्ने काम गरेको छ ।
दुई वर्षयता गीत संगीतमा उज्वल करिअर खोज्दै आफ्नो मिठो आवाजमा गीत पस्कँदै आएकी संगीताले भनिन्, ‘यो मेरो पछिल्लो भिडियो हो । जसलाई श्रोता तथा दर्शकले रुचाएका छन् । रिजिज भएको धेरै भएको छैन । तर, राम्रै प्रतिक्रिया पाइरहेकी छु ।’
संगीता र प्रतापको ‘कमिलाको ताँती’ गीतलाई बुद्व सायमीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई फार अ–वे इन्टरटेनमेन्टले निर्माण गरेको हो । भिडियोमा रोजिना ठकुरी, शिवदास गुरुङ, मानब थिङ, राजु लामा र सुवोध क्षेत्रीले समेत अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण