कन्दरा व्याण्डसँगै केन्जल, सुनिल र छेवाङले भिमाद बजार तताउने
तनहुँ– तनहुँको भिमाद बजारमा नेपालको चर्चित कन्दरा व्याण्डले लाइभ प्रस्तुति दिने भएको छ ।
व्यास इन्टरटेनमेन्टद्धारा कार्तिक १ गते युवा रंगशाला भिमादमा आयोजित कन्दरा व्याण्ड लाईभ इन कन्सर्ट २०७४ मा कन्दराले लाईभ प्रस्तुति दिने भएको हो ।
आयोजक गणेश सुवेदीका अनुसार कन्दरासँगै चर्चित गायक सुनिल गिरी, छेवाङ लामा र पछिल्लो समय नेपाल आइडलमार्फत ख्याति कमाएकी गायिका केन्जल मेहर श्रेष्ठको प्रस्तुति रहनेछ । हंगकंग पोखरा, तगारोमा रूमाल राखी, भेडी गोठैमा जस्ता चर्चित गीतहरू कन्दरा ब्याण्डका हुन् ।
कन्सर्टको सहयोगी संस्थाको रुपमा युथ क्लब अफ भिमाद, नेप्जिल अमेरिकन कन्भेन्सन, जगननाथ कपडा पसल, गुनी एण्ड सन्स भिमाद रहेको छ । यस्तै भिमाद ड्राइभिङ एण्ड प्रि टेस्ट सेन्टर, होटल सनराइज भिमाद र इन्जो मिडिया काठमाडौं पनि सहयोगी संस्था हुन् ।
ब्यास इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको कन्दरा लाईभ कन्सर्टमा नेपालकै चर्चित ‘द कार्टुन कृउ’को समेत प्रस्तुती रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण