पोखरामा नेपाल आइडल बुद्धको यस्तो प्रस्तुति
पोखरा – नेपाल आइडल भएपछि बुद्ध लामा पहिलो पटक गृहनगर पोखरमा प्रस्तुत भएका छन् । शनिबार साँझ ४ बजेदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा आयोजित ‘लाइभ कन्सर्ट’मा उनी धमाकेदार प्रस्तुति सहित प्रस्तुत भएका हुन् ।
‘मलाई पोखराले धेरै माया गरेर यहाँसम्म ल्याई पु¥याएको हो । र, तीनै पोखरेली दाजुभाइको बीचमा आज म कन्सर्ट लिएर आउन पाउँदा निकै खुशी पनि छु ।’ कार्यक्रमको सुरुवातमै लामाले भने ‘मेरो यो साँगीतिक शुरुवात मात्र हो । आगामी दिनमा पनि पोखरेली माझ फेरी प्रस्तुत हुनेछ ।’
‘म बिना कसै कसैलाई मुश्किल छ पोखरामा’ बोलको गीत गाएर कन्सर्ट सुरु गरेका लामाले कन्सर्टमा करिब आधा दर्जन गीत गाए । उनले प्रत्येक गीत गाउँदै गर्दा पोखरेलीलाई धन्यबाद समेत दिएका थिए ।
नेपाल आइडल बुद्ध लामासँगै कन्सर्टमा फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशीले देखिएका थिए ।
कार्यक्रमा निशान भट्टराईले ‘आफ्नै गाऊँ फर्कि आएँ’ बोलको गीत गाउँदा दर्शकदीर्घाबाट ‘वान्स मोर’को चर्को हुटिङ आयो । सन्ध्या जोशीले पनि दर्शकलाई नचाउन सफल भइन् ।
करिब ४ घन्टा चलेको कन्सर्टलाई सुशिल नेपाल र निशा पन्थिले होस्ट गरेका थिए । कन्सर्ट सोँचे अनुरुपकै भएको आयोजक मुन्टेज इन्टरनेशनलले जनाएको छ ।
पोखरापछि मुन्टेज इन्टरनेशनलले पुर्वको उर्लाबारीमा कन्सर्ट आयोजना गर्दैछ । साथै यहि कम्पनीले नोभेम्बर ३, ४, ५ र १२ तारिखमा यूकेका विभिन्न शहरहरुमा पनि यहि कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण