रामदेवविरुद्ध कारवाही माग गर्दै आइएमएले लेख्यो मोदीलाई पत्र

योग गुरु रामदेव र इन्डियन मेडिकल एशोसियसन (आईएमए) बीच आयुर्वेद र एलोपेथिक औषधीसहित विविधि विषयमा आरोप–प्रत्यारोप चलिरहेको छ । यसैबीच आइएमएले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै रामदेवले खोपका विषयमा गरेको गलत सूचनाको प्रचार रोक्न माग गरेको छ । खोपको दुबै डोज लिइसकेका १० हजार डाक्टर र लाखौं मानिस मरेको दाबी एक भिडियोमा रामदेवले गरेका थिए । आईएमएले उनीविरुद्ध देशद्रोहको अभियोग लगाइनुपर्ने जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा रामदेवले एलोपेथिक चिकित्सालाई मुर्खतापूर्ण विज्ञान भनेको पनि आईएमएको आरोप छ । रेम्डेशिविर, फेविफलु र भारतको औषधि महानियन्त्रकद्धारा स्वीकृति अन्य औषधिहरु कोरोनाका बिरामीको उपचारमा असफल भएको रामदेवको दाबी छ ।
एलोपेथिक औषधीबाट लाखौं मानिसको मृत्यु भएको दाबी रामदेवले गरिरहेको आईएमएको आरोप छ । यद्यपि, पतन्जली योगपिठ ट्रस्टले यी टिप्पणीहरु गलत रहेको बताएको छ ।
रामदेवको टिप्पणी दुर्भाग्यपूर्ण
भरतका केन्द्रीय स्वास्थमन्त्री डाक्टर हर्षवर्धनले यसअघि रामदेवलाई पत्र लेख्दै उनको टिप्पणीले कोरोना योद्धाको अपमान गरेको बताएका थिए । उनले आफ्नो बयान फिर्ता लिन रामदेवलाई आग्रह गरेका थिए । रामदेवको बयानले स्वास्थकर्मीहरुको मनोबल टुट्ने र कोरोनाविरुद्धको लडाँइ कमजोर हुने हर्षवर्धनको पत्रमा उल्लेख थियो । जवाफमा रामदेवले भनेका थिए, ‘हर्षवर्धन जी तपाईको पत्र प्राप्त भयो, त्यसको सन्दर्भमा चिकित्सा पद्दतीको संघर्षको यस पुरै विवादमा खेदपूर्वक विराम दिँदैं म आफ्नो बयान फिर्ता लिन्छु ।’
रामदेवलाई लगिएको पत्रमा ‘एलोपेथिक औषधीले करोडौं मानिसको जिन्दगी बचाएको र यसपटबाट लाखौं मानिस मरेको टिप्पणी गर्नु निकै दुर्भाग्यपूर्ण रहेको’ हर्षवर्धनले उल्लेख गरेका थिए । दादुरा, पोलियो, इबोलास, सार्स र टीबीजस्ता गम्भिर रोगको उपचार पनि एलोपेथिक औषधीबाटै संभव भएको स्मरण हर्षवर्धनले रामदेवलाई गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि