अमेरिकाको टेनिसीमा विमान दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु
आइतबार, १६ जेठ २०७८, १३ : ४५
एउटा सानो सेस्ना जेट विमान संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ ।
उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण