अमेरिकाको टेनिसीमा विमान दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु
आइतबार, १६ जेठ २०७८, १३ : ४५

एउटा सानो सेस्ना जेट विमान संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ ।
उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
-
विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो
-
जब रन लिन दौडिरहेका ब्याट्सम्यानको खल्तीबाट मोबाइल खस्यो...
-
दराजद्वारा बेस्ट डिल अभियानको घोषणा
-
विशेष आर्थिक क्षेत्र ‘सेज’मा किन आकर्षित छैनन् उद्योगी ?
-
नीतिगत सुधारका कारण सेजमा आकर्षण बढ्दैछ