‘सबैले पाउनुपर्छ’ भन्दै हेटौंडा उपमहानगरपालिकाका मेयरले रोके भेरोसेल खोप अभियान
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा चिनिया (भेरोसेल) खोप लगाउने कार्यक्रम स्थगित भएको छ । आज बुधबारबाट सुरु हुने भनिएको खोप कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।
नेपाल सरकारबाट प्राप्त उक्त खोप मंगलबारबाट सुरु हुनु पर्ने खोप कार्यक्रम व्यवस्थापनको कारण देखाउँदै एकदिन पछाडी सारिएको थियो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मेयर हरिबहादुर महतको निर्देशनमा खोप कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।
हेटौंडा उपमहानगरपालिकामा बसोवास गर्ने हरेक नागरिक कोरोना संक्रमणको जोखिममा रहेकोले सबै जनालाई खोप सेवा प्रदान गर्नुपर्ने भन्दै मेयर महतले खोप कार्यक्रम स्थगित गरेको बताए ।
‘सरकारले तोकेको उमेर समूहका व्यक्ति मात्र कोरोना संक्रमणको जोखिममा छैनन्, हेटौंडावासी सबैलाई खोप दिन सक्नु पर्छ, त्यसैले खोप कार्यक्रम रोकेका हौँ,’ उनले भने ।
सबे नागरिकहरु कोरोना संक्रमणको जोखिममा रहेकाले उनीहरुलाई कोरोना संक्रमणको जोखिमबाट कसरी जोगाउनेबारे सरकारले छलफल गर्नु पर्ने उनले बताए । ‘सबै नागरिकले खोप लगाउन पाउनुपर्छ, हामी छलफलमा गर्न तयार छौं । सरकारले भनोस् हामी के गर्नु पर्छ गरौँ तर सरकारले निश्चित उमेर समूहका व्यक्तिलाई मात्र नभइ सबैलाई खोप दिन सक्नुपर्छ,’ उनले थपे ।
नेपाल सरकारले स्वास्थ्य आपूर्ति केन्द्र मार्फत मकवानपुरका लागि पठाएको ६ हजार ५ सय भाइल खोपमध्ये स्वास्थ्य कार्यालय मकवानपुरले जनघनत्व र अघिल्लो कोभिसिल्ड खोप लगाउने व्यक्तिको संख्याको आधारमा हेटौँडा उपमहानगरपालिकालाई २ हजार ७ सय भाइल खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । उनले खोप कार्यक्रम सञ्चालन गर्ने नगर्ने सम्बन्धित स्थानीय तहको अधिकारको कुरा भएकाले यस विषयमा स्थानीय तहका प्रतिनीधि नै जिम्मेवार हुने बताए ।
‘हामीले सरकारले दिएको भ्याक्सिन पालिकाहरुलाई वितरण गरिदिने हो, कार्यक्रम संचालन गर्ने वा नगर्ने सम्बन्धित पालिकाको अधिकारको कुरा हो,’ प्रमुख उपाध्यायले भने । मकवानपुरको अन्य पालिकामा भने खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाले खोप लगिसकेको र खोप कार्यक्रम निरन्तर चलिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण