झलनाथका नाममा उठाइएको झमेलाले माधव खेमामा तरंग
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको नामबाट बुधबार सार्वजनिक वक्तव्यलाई लिएर एमालेको माधव नेपाल खेमामा तरंग पैदा भएको छ । उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टी एकताका पक्षमा उभिन आग्रह गर्दै हिजो जारी गरेको वक्तव्यको आधिकारिकतालाई लिएर नेपाल समूहका केही नेताले आशंका गरेका छन् ।
अघिल्लो दिनसम्म अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्ष सुनाएका खनालले एकाएक पार्टी एकताका लागि आव्हान गरेपछि वक्तव्यको आधिकारिकतामाथि प्रश्न उठेको हो ।
वक्तव्य सार्वजनिक भएलगत्तै नेपाल समूहका नेता जगन्नाथ खतिवडाले खनालको हस्ताक्षर दुरुपयोग भएको हुनसक्ने टिप्पणी गर्नुभएको थियो । वक्तव्यको आधिकारिकतामाथि आशंका गर्दै सोही समूहका अर्का नेता डा. विजय पौडेलले खनालको नामबाट अरु कसैले वक्तव्य जारी गरेको हुनसक्ने दाबी गरेका थिए ।
खनालले बुधबार दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा जनताको चाहना र अपेक्षा विपरित गलत प्रवृत्तिका नेताहरुको इगो र बदलाको भावले पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै धैर्य र संयमका साथ पार्टी एकता जोगाउन पार्टी पंक्तिलाई आह्वान गरेका थिए ।
नेपाल समूहका नेताहरुले अघिल्लो दिनसम्म खनालले लिएको अडान र हिजोको वक्तव्यको भाषा हेर्दा आशंका पैदा गरेको बताएका छन् । खनाललाई बाध्य बनाएर वक्तव्यमा हस्ताक्षर गराइएको हुनसक्ने नेता खतिवडाको आशंका छ ।
‘दुई दिनअघि पनि मेरो उहाँसँग कुराकानी भएको थियो । पार्टीलाई दक्षिणपन्थी धारबाट जोगाउन पर्छ,प्रतिगमनको मतियार बन्नुहुँदैन भन्ने उहाँको प्रष्ट अडान थियो । हिजो एकाएक त्यस्तो वक्तव्य आएपछि अचम्म लागेको छ’,उनले भने ।
वक्तव्यमा खनालकै हस्ताक्षर प्रयोग भएपनि त्यसको पृष्ठभूमिले षड्यन्त्र देखिएको उनको भनाइ छ । बिरामी परेर अस्पताल भर्ना भएको व्यक्तिलाई भावनात्मक कुरा गरेर जबर्जस्ती वक्तव्यबाजी गराइएको भन्दै उनले षडयन्त्रको आशंका गरे ।
‘वक्तव्यको राजनीति गर्नै पर्दैन, एजेण्डाको सम्बोधन गरे सबै समस्या हल हुन्छ’,नेता खतिवडाले भने, ‘सर्वोच्चको आदेशको फैसलालाई सम्मान गरेर विषयवस्तुमा खुला सम्बाद गरे भैहाल्छ । यो वक्तव्यको राजनीति गरेर किन नाटक गरेको हो अचम्म लागेको छ ।’ जनआस्था साप्ताहिकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण