यादव पक्षले निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली भएको दाबी गर्दे ठाकुरविरुद्ध मुद्दा दायर गर्ने
जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दै उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवसायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर गर्ने जनाएका छन्।
जसपा निकट कानुन व्यवसायीहरूको संगठन संघीय कानुन व्यवसायी संघका अध्यक्ष दीपक राईले ठाकुर विरुद्ध आफूहरूले जिल्ला अदालत ललितपुरमा लिखतसम्बन्धी कसुरको अभियोग लगाई मुद्दा दर्ता गर्ने बताए। आयोगमा पठाइएको कागजात किर्ते देखिएको हुँदा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको उनको भनाइ छ।
अर्को प्रयोजनको लागि गरिएको हस्ताक्षरलाई ठाकुरले दुरूपयोग यादव पक्षको भनाइ छ। कार्यकारिणी समितिको फेरबदल र पुनर्गठन गर्ने अधिकार अर्का अध्यक्ष उपेन्द्र यादवले आफूलाई सुम्पिएको भन्दै ठाकुरले गत असार १ गते यस सम्बन्धमा कार्यकारिणी समितिको बैठकको माइन्युटिङको प्रतिलिपी आयोगमा पेश गरेका थिए। उक्त माइन्युटिङ किर्ते भएको यादव पक्षको भनाइ छ। जसपाको आधिकारिकताको मुद्दा अहिले निर्वाचन आयोगमा पुगेको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण