काँग्रेसको १४ औं महाधिवेशन : यसरी बनाउँदै छन् नेताहरुले समीकरण
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ ।
पार्टी महाधिवेशन हुने निधो भएपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहोरिने घोषणा गर्दै आन्तरिक भेटवार्ता तीव्र पारेसँगै अन्य नेताहरू गुट–उपगुटको चियाचमेनामा क्रियाशील हुन थालेका हुन् ।
सभापति देउवाको यसअघिको समूहबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पाका नेता गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने दाबी गरेपछि त्यस गुटमा पराकम्प जान थालेको छ तर नेता श्रेष्ठको उम्मेदवारी बार्गेनिङका रूपमा मात्रै हो भन्नेहरू पनि छन् ।
यो अवस्थामा निधिबाहेक देउवाले आफ्नो पुरानो समूहलाई एकढिक्का राख्न सक्ने अरू गुटकै सदस्य भन्ने गर्छन् । निधि बाहिर भए पनि पुरानालाई समेट्दा देउवाको पल्ला तल नझर्ने विश्लेषण भीमसेनदास प्रधानको छ । उनी अघिल्लो महाधिवेशनमा पहिलो चरणमा कृष्णप्रसाद सिटौला र दोस्रो चरणमा देउवा नेतृत्वलाई सभापति बनाउनेमा पर्छन् । ऐतिहासिक 'लिगेसी’ जोडिएका तीन जना नेता निरन्तर भेट्न थालेपछि त्यसको चर्चा पनि बढ्न थालेको छ ।
बीपी कोइरालाका पुत्र महामन्त्री डा. शशाङ्क कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबीच शुक्रबार कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । यो एक सातामा दोस्रो भेट हो । यसअघि निधिको निवासमा यसै साता मात्रै तीन जना नेताका बीच पार्टीको महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर लञ्च मिटिङ भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण