रेखालाई ‘सोल्टीज्यू’ भनेर जिस्काउदै तक्मेबुढा
काठमाडौं – हाँस्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ले अभिनेत्री तथा मोडल रेखा फागोलाई ‘सोल्टीज्यू...’ भनेर जिस्काएका छन् ।
उनले रेखालाई ‘सोल्टीज्यू...’बोलको भिडियो अभिनयमा यसरी बोलाएका हुन् । भिडियोमा ‘तक्मेबुढा’ रेखाको मायामा चुर्लुम्मै डुबेका छन् ।
चर्चित गीतकार राम रेप्चुङ राईको शब्द रचना रहेको ‘सोल्टीज्यू...’ पुर्वेली लोकआधुनिक गीत हो । यस गीतलाई ‘नेपाल आईडल’ टप–७ प्रमिला राई र नेपाली तारा सिजन–३ को फस्ट रनरअप देबेश राईले गाएका हुन् ।
पुर्वी नेपालको रहन–सहन र कलासंस्कृति उजागर गर्ने ‘सोल्टीज्यू...’ बोलको यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् ।
गीतको मर्म तथा भावशैलीअनुसार भिडियोमा ‘तक्मेबुढा’ र रेखाको केमेष्ट्री गज्जबको देखिएको छ । तेह्रथुमे ढाका बुटिक ललितपुरकी डिजाइनर निरु आङबुङले तयार गरेको ढाका पहिरनमा तक्मेबुढा र अभिनेत्री रेखा साँच्चीकै खुलेका छन् ।
भिडियोमा तक्मेबुढा र रेखालाई ‘सोल्टी–सोल्टिनी’का रुपमा प्रस्तुत छन् । सोल्टी–सोल्टिनी पुर्वमा तरुनी–तन्नेरीबीच चलनचल्तीको शब्दचारण हो । गीतकार रेप्चुङलाई त्यही भाका र भावनालाई यस गीतका उतारेका छन् ।
किरात यायोख्खा जापानको प्रस्तुती रहेको यस गीतको संगीत तथा एरेञ्ज देबेश राईले नै गरेका हुन् । गीतको शब्द भाव अनुसार देबेशको संगीत तारिफ योग्य छ । यस भिडियोमा राम केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण