मन्त्रिपरिषद बैठक : गर्यो यति धेरै नियुक्ति
मन्त्रिपरिषदको बैठकले राज्यका विभिन्न निकायहरूका विभिन्न पदमा नियुक्ति गरेको छ । राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय निर्माण समितिको सदस्य पदमा डा.मनराज कोलाक्षेपति, डा. पदमबहादुर शाही र डा. अनिल पोखरेललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
यस्तै सिटिइभिटीको सदस्य सचिव पदमा स्याङ्जाका जीतनारायण काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले यी नियुक्ति गरेको हो । यस्तै राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई पुनः नियुक्ति दिने निर्णय गरिएको छ ।
नेपाल इन्जिनियरिङ परिषदको रजिष्टार पदमा इन्जिनियर शिवमंगल गिरीलाई नियुक्त गर्ने निर्णय भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पाँचथर भीमकुमार ओझालाई नियुक्त गर्ने निर्णय भएको छ । यस्तै सदस्यमा ओखलढुङ्गामा महेन्द्रबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय स्थापना तयारी समितिको अध्यक्षमा डा.अर्जुन कार्की, सदस्यमा डा.अमिना सिंह, डा.असिम ढकाल, प्राडा विपिनचन्द्र अधिकारी, डा.सूर्यराज आचार्य, डा.उत्तमबाबु श्रेष्ठ र प्रभूकुमार राणालाई नियुक्त गर्ने निर्णय भएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण समितिको सदस्य पदमा खड्गधर राई र वंशीधर लामालाई नियुक्त गर्ने निर्णय भएको छ ।
महिला तथा बालबालिका मन्त्रालयको प्रस्तावमा खबर गरौं ११४५ सञ्चालन गर्नका लागि राजपत्राङ्कित तृतीय श्रेणीका ४ जनाको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय भएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग लिने निर्णय
हालै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न दातृ निकायबाट अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । गण्डकी नदी बेसिन क्षेत्रका बासिन्दाको लागि हरित जलवायु कोष आयूसिएनमार्फत प्राप्त हुने २७ दशमलव ४ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
बुधबार सरकारका प्रवक्ता वसन्त नेम्वाङले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराएका हुन् । यस्तै जापान सरकारबाट प्रोजेक्ट फर ह्यूमन रिसोर्स प्रोग्राम फर स्कलरसीप दोश्रो चरण अन्तर्गत सन् २०२१ का लागि छात्रवृत्तिका लागि प्राप्त हुने ३ सय ५६ मिलियन जापानी यान बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यसैबीच मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथी दर्जामा बढुवा गर्ने निर्णय भएको छ । साथै कोभिड खोपको ट्रायल प्रक्रियालाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण