देउवाले बोलाए पदाधिकारी बैठक
सोमबार, २८ असार २०७८, १३ : ३३
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । देउवाले पार्टीका १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । देउवाले अदालतको सम्भावित फैसलाबारे आज बिहान पनि आफूनिकट नेताहरुसँग छलफल गरेका थिए ।
आइतबार अपरान्ह नेता कृष्णप्रसाद सिटौलासँग पनि देउवाले संवाद गरेका थिए । देउवा र सिटौलाबीचको छलफलका पनि क्रियाशील सदस्यताको छानविन र देशको राष्ट्रिय राजनीतिमा काँग्रेसले खेल्नुपर्ने भूमिका सन्दर्भमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई