सर्वोच्चको फैसलाले संसदीय व्यवस्थामाथि गम्भीर प्रहार : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला र परमादेशले संसदीय व्यवस्थाको मान्यतामाथि गम्भीर प्रहार भएको बताएका छन् । अध्यक्ष थापाले अदालतको यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पार्ने बताए ।
उनले भने, ‘आजको फैसलाले केपी ओलीको ज्यादतीबाट पीडितहरुका लागि तत्कालका निम्ति केही राहत मिलेको होला । प्रधानमन्त्री वा मन्त्री हुनेहरूलाई केही सुविधा वा लाभ पनि प्राप्त होला । तर यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक असर रहने निश्चित छ ।’
अदालतको फैसलापछि आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले संविधानको धारा ७६ (५) को प्रयोग गर्दा सांसदहरुमाथि दलको नियन्त्रण नरहने भन्ने निर्णय अत्यन्तै घातक रहेको र यसले भविष्यमा दलहरूको अस्तित्व नै धरापमा पार्न सक्ने दाबी गरेका छन् ।
उनले भनेका छन् : ‘सांसदहरु स्वतन्त्र र दलविहीन हुन पाउने भएपछि पार्टीको एकता र अनुशासन कसरी कायम गर्ने ? एउटा पार्टीको अध्यक्ष भएको नाताले म आफैं पनि अत्यन्त चिन्तित छु ।’ उनले ठाडो आदेशबाट प्रधानमन्त्री नियुक्त गर्न निर्देशन दिनुले गलत नजिर र परम्परा कायम हुन गएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण