शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसलाले संसदीय व्यवस्थामाथि गम्भीर प्रहार : कमल थापा

सोमबार, २८ असार २०७८, २३ : २४
सोमबार, २८ असार २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला र परमादेशले संसदीय व्यवस्थाको मान्यतामाथि गम्भीर प्रहार भएको बताएका छन् । अध्यक्ष थापाले अदालतको यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पार्ने बताए ।

उनले भने, ‘आजको फैसलाले केपी ओलीको ज्यादतीबाट पीडितहरुका लागि तत्कालका निम्ति केही राहत मिलेको होला । प्रधानमन्त्री वा मन्त्री हुनेहरूलाई केही सुविधा वा लाभ पनि प्राप्त होला । तर यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक असर रहने निश्चित छ ।’

अदालतको फैसलापछि आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले संविधानको धारा ७६ (५) को प्रयोग गर्दा सांसदहरुमाथि दलको नियन्त्रण नरहने भन्ने निर्णय अत्यन्तै घातक रहेको र यसले भविष्यमा दलहरूको अस्तित्व नै धरापमा पार्न सक्ने दाबी गरेका छन् ।

उनले भनेका छन् : ‘सांसदहरु स्वतन्त्र र दलविहीन हुन पाउने भएपछि पार्टीको एकता र अनुशासन कसरी कायम गर्ने ? एउटा पार्टीको अध्यक्ष भएको नाताले म  आफैं पनि अत्यन्त चिन्तित छु ।’ उनले ठाडो आदेशबाट प्रधानमन्त्री नियुक्त गर्न निर्देशन दिनुले गलत नजिर र परम्परा कायम हुन गएको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप