सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग उद्योगी व्यवसायीको छलफल

बिहीबार, ३१ असार २०७८, २१ : ०१
बिहीबार, ३१ असार २०७८

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले विहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग बेग्लाबेग्लै भेटघाट गरेका छन् । भेटका अवसरमा कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र सुधारका प्रयासहरूबारे छलफल भएको बताइएको छ ।

भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘एफएनसीसीआईसँग साथीहरुसँग कोरोनाले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल भयो । म कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत छु ।’

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उद्योगीहरुको टोलीले सिंहदरबारका प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसपछि उनीहरुले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री शर्मा सँग छलफल गरेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप