ऐश्वर्याको माइतीघरमा आगलागी, श्रीमानसँग आत्तिदै पुगिन् घटनास्थल
बुधबार, ०८ कात्तिक २०७४, १२ : १९
मंगलबार दिउँसो बान्द्रा वेस्ट इलाकाको एक बिल्डिङमा आगलागी भएको छ । १६ तल्ले उक्त भवनमा थुप्रै सेलिब्रिटीका परिवारका सदस्य बस्ने गर्दछन् । यहाँ ऐश्वर्या रायकी आमा पनि बस्छिन् । ऐश्वर्यालाई यसबारे थाहा हुनेबित्तिकै उनी निकै तनावमा तुरुन्त आफ्ना श्रीमान अभिषेक बच्चनसँगै आमाको अवस्था बुझ्न पुगिन् । आगोमाथि नियन्त्रण पाइएको बताइएको छ ।
ला मोर भवनको १३ औं तल्लामा आगलागी भएको थियो र ऐश्वर्याकी आमा १२ औं तल्लामा बस्छिन् । यस्तै, सचिन तेन्दुल्करका ससुरालीका परिवार पनि यसै भवनको १० औं तल्लामा बस्छन् । स्रोतका अनुसार आगलागीले कसैलाई पनि हानी पुर्याएको छैन । आगो कसरी लाग्यो भन्नेबारे खुल्न सकेको छैन । आगलागी बिजुली सर्ट भएका कारण लागेको हुनसक्ने अनुमान गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण