बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गंगाबहादुरको  कथामा निर्मित ‘त्यान्द्रो’को गीत सार्वजनिक

बुधबार, ०८ कात्तिक २०७४, १३ : २१
बुधबार, ०८ कात्तिक २०७४

काठमाडौं – माओवादी जनयुद्धको समयमा लमजुङको छैलुङ गाउँमा माओवादीको जनता जागरण अभियान सांस्कृतिक कार्यक्रम सकेर आराम गरिरहेका कलाकारलाई ८ चैत २०६० मा तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर आक्रमण गर्यो । सांस्कृतिक टोलीको नेतृत्व गरेका काभ्रेका गंगाबहादुर लामा,‘कोशिश’लाई भाग्दै गर्दा खुट्टामा गोली लाग्यो । 
र पनि, भाग्न नछोडेका उनी एकान्तमा एक्लै परे । उनलाई उद्धार गर्न न माओवादी आए, न त अरु कोही । घाइते उनी ५६ घन्टासम्म भर्खरै उम्रेका मकैका टुसा खाएर लुकेर बाँचेका थिए ।
यी नै गंगाबहादुरको वास्तविक जीवन भोगाइ माथी लेखिएको पुस्तक ‘स्मृतीका डोबहरु’मा आधारित रहेर निर्माण गरिएको चलचित्र हो ‘त्यान्द्रो’ । यसै चलचित्रको ‘अब मलाई बिदा देउ’ बोलको गीत सार्वजनिक भएको छ । सुजिल कर्माचार्यको शब्द, संगीत र स्वर रहेको यो गीत ओएसआर डिजिटले सार्वजनिक गरेको हो । गीत चलचित्रका मुख्य कलाकार माथी नै फिचरिङ गरिएको छ । 
साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रको लेखन पनि साम्तेन र उपेन्द्र सुब्बाले मिलेर गरेका हुन् । ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सतिश गौतम र सह–निर्माता अशोक गौतम, निर्मल केसी र मिडिया पोर्ट रहेका छन् ।
लमजुङकै बिभिन्न स्थानमा छायाँकन भएको चलचित्रमा रामबाबु गुरुङ, दयाहाङ राई, राजन खतिवडा, कमलमणि नेपाल, सृजना अधिकारी, बुद्धि तामाङ, अरुणा कार्की, जुनु विष्ट, सरस्वती चौधरी, शारदा अधिकारी लगायत कलाकारको अभिनय देख्न सकिन्छ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप