कमल थापाको प्रतिक्रिया : दुष्परिणाम आजैबाट देखिन शुरु भयो
राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिएका छन् ।
चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका दलहरू विभाजित भएको उल्लेख गर्दै थापाले अदालतको फैसलाकै कारण परस्पर विरोधी एजेण्डा बोकेर जनतामा गएकाहरु सत्ता स्वार्थका निम्ति एक ठाउँमा उभिने बाटो खुलेको बताएका छन् ।
‘विगतको अस्थिरता नदोहोरियोस् भन्ने संविधानको असल मनसाय हो। पार्टी फुटाएर, सांसद किनबेच गरेर, फरक विचार बोकेका दलहरूको अपवित्र भएपनि गठबन्धन बनाउ भन्ने संविधानको मनसाय कदापि होइन’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो व्यवस्था परम्परागत संसदीय व्यवस्था होइन भन्ने कुतर्क गरेर गलत अभ्यासको पक्षपोषण गर्नु उपयुक्त होइन ।’ देउवाले विश्वासको मत लिँदा राप्रपाले देउवालाई मत दिएको थिएन भने कमल थापाले पछिल्लो समय केपी ओलीको कदमको समर्थन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण