बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका खेलाडी पक्राउ
बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एक फुटबल खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका ती खेलाडीलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा भएका छन् ।
एक वक्तव्य जारी गर्दै ग्रेट म्यानचेस्टर प्रहरीले भनेको छ, ‘प्रहरी अधिकारीहरूले १६ जुलाई २०२१ शुक्रबारका दिन एक पुरुषलाई बाल यौन दुराचारको आशङ्कामा पक्राउ गरेको थियो । उनी हाल धरौटीमा रिहा भएका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।’
अनुसन्धान भइरहँदा क्लबले पनि ती खेलाडीलाई निलम्बन गरेको छ । एभर्टनले सोमबार एक विज्ञप्ति जारी गर्दै एक खेलाडीलाई निलम्बन गरेको जानकारी दिएको छ । यद्यपि, क्लबले बाल यौनदुराचारको आरोप लागेका खेलाडी तिनै हुन् भनेर चाहिँ पुष्टि गरेको छैन ।
क्लबले विज्ञप्तिमा प्रहरीको अनुसन्धान चलिरहेको बताउँदै पहिलो रोजाइको एक खेलाडीलाई एभर्टनले निलम्बन गरेको र प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण