गण्डकी प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीसहित मातहतका कार्यालयलाई आवस्यक सवारी साधन उपलब्ध गराएको छ । प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि प्रहरीलाई आवश्यक सवारी साधन प्रदेश सरकारले उपलब्ध गराएको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई बिहीबार विभिन्न प्रकारका सवारी साधनहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । सवारी साधान हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको सफलता शान्ति सुरक्षा र सु–शासनसँग जोडिएकाले प्रहरीलाई चुष्तदुरुष्त बनाउनका लागि समय अनुकूल सवारीसहित उपकरण आवश्यक भएको बताए ।
उनले समय अनुकुल प्रहरीको सबलीकरण अपरिहार्य रहेको बताउँदै प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रदेश प्रहरी संरचनालाई जनस्तर सम्म पुर्याउनका लागि प्रशासनिक, विपद् व्यवस्थापन, अपराध नियन्त्रण र अनुसन्धानका लागि आवश्यक सामाग्रीको प्रदेश सरकारबाट अपेक्षा गरेको बताए ।
उनले भौतिक संरचनाको सुदृढिकरण, सुरक्षा चुनौती र सरकारसँग प्रहरीले गरेका अपेक्षाका वारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र १ थान बस हस्तान्तरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने
-
प्रहरीलाई ‘बुख्याचा’जस्तो बनाउन खोजिएको छ
-
यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ
-
जित्नैपर्ने दबाबमा रहेको कोलकातालाई उसैको घरमा चुनौती दिँदै उपाधि होडबाट बाहिरिएको राजस्थान
-
अस्ट्रेलिया चुनाव : विपक्षी दलका नेतालाई नै हराउने अलि को हुन् ?
-
अर्बपति लगानीकर्ता वारेन बफेटले वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने