गण्डकीमा ४४७ जनामा कोरोना संक्रमण, थप ४ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२९ जनाको नमुना परिक्षण गरिएकामा ४७१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २२० महिला र २२७ जना पुरुष रहेका छन् ।
प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की २००, बागलुङ १००, स्याङ्जा ४७, म्यादी २, पर्वत ८, गोरखा २६, लमजुङ १९, तनहुँमा १४ र नवलपुरमा ११ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६४ हजार ३९५ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–३० की ५० बर्षिय महिला, पोखरा–११ की ६३ बर्षिय महिला, बागलुङ जैमीनी –९ का ५२ बर्षिय पुरुष,गोरखा पालुङटर–३ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५४ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार २६० पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार ८१ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण