बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेलामा अशिष्मालाई आमेषले ‘यो मुटुमा अब तिम्रै’ भनेपछि बबाल

शुक्रबार, १० कात्तिक २०७४, १३ : ०३
शुक्रबार, १० कात्तिक २०७४

काठमाडौं – चलचित्र ‘मेला’ले ‘यो मुटुमा अब तिम्रै’ बोलको रोमान्टिक गीत बाँहिर ल्याएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले यो गीत सार्वजनिक गरेको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर छ ।

निर्माण युनिटले केही पहिले सार्वजनिक गरेको चलचित्रको ‘परिचय’बोलको गीत र ट्रेलर अहिले चर्चा छ । यो गीतले पनि दर्शकको माया पाउने अपेक्षा निर्माण युनिटको रहेको छ । 

२४ कात्तिकबाट रिलिज तयारिमा रहेको चलचित्रको यो गीत अभिनेता आमेष भण्डारी र अभिनेत्री अशिष्मा नकर्मी माथी फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा मा दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी छ ।

सलोन बस्नेत, आमेश भण्डारी, अशिक्ष्मा नकर्मी लगायतको अभिनय रहेको चलचित्रले तीन साथी बिचको मित्रता र करिअरको उतारचढावमा बिषय बनाएको छ । 

मनोज के मरोडियाको लगानी रहेको चलचित्रका प्रस्तुतकर्ता हरि पन्त हुन् । बसन्त निरौलाको निर्देशनमा चलचित्र तयार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप