नविन पौडेलले तनहुँका युवायुवती नचाउँने
काठमाडौं– राष्ट्रिय स्तरमा आयोजना हुने बिभिन्न महोत्सवमा पहिलो रोजाइमा पर्ने गायक नविन पौडेलले तनहँुका दर्शक पनि नचाउने भएका छन् । उनले आफ्ना गीत संगीत प्रत्यक्ष प्रस्तुत गरेर तनहुँका दर्शक नचाउने भएका हुन् ।
८ देखि १७ कात्तिकसम्म तनहुँमा आयोजना गरिएको ‘दोश्रो आदिबासी जनजाती बृहत सांकृतिक महोत्सव’ उनले आफ्ना लोकप्रिय गीतबाट महोत्सवमा दर्शक नचाउने भएका हुन् । उनले यहि १४ गते अन्य कलाकारसँगै आफ्नो प्रस्तुति राख्ने भएका छन् ।
तनहुँ महोत्सवमा आफ्ना नयाँ तथा पुराना एक दर्जन गीत प्रस्तुत गर्ने तयारी गरेको गायक नविनले बताए । बालकदेखि वृद्ववृद्वासम्मको रोजाइमा परेका गीत मार्फत दर्शकलाई भरपुर मनोरन्जन दिने उनले सुनाए ।
सामाजिक बिषयबस्तुमा आधारित रहेर यथार्थपरक, समय सापेक्ष र राष्ट्रिय भावनाका गीतहरु निकाल्दै आएका नबिनका ‘फुलेको तोरीलाइ हुर्किएकी छोरीलाइ जोगाउनै गाह्रो’, ‘हरेक जातजाती छौ नानाथरी’, ‘यस्तै हुन्छ भन्यभा’, ‘बुलाकी झुम्काना’, ‘ए हजुर सुन्नुभा छ र’, ‘आजै भेट भाको दमौली आ को’ लगायत बोलका गीत बजारमा हिट छन् । यी हिट गीत नै उनले महोत्सवमा राख्ने छन् ।
कार्यक्रममा नविनसँगै अन्य राष्ट्रिय कलाकारले समेत प्रस्तुति राखिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण