कुलमानले गरे पदबहाली, हितेन्द्रलाई दिए धन्यवाद
बुधबार, २७ साउन २०७८, १४ : १८
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिएका थिए ।

घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो । यसअघि केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई सरकारले उर्जा आयोगमा सरुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण