जन्मदिन मनाउन परिवारसहित माल्दिभ्स पुगे सैफ
अभिनेता सैफअली खानको आज जन्मदिन परेको छ । उनी आज ५१औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । जन्मदिन मनाउन उनी पत्नी करिनासहित सपरिवार माल्दिभ्स पुगेका छन् । अभिनेत्री करिनाले दुई नयाँ तस्बिर शेयर गर्दै सैफलाई जन्मदिनको शुभकामना दिएकी छन् ।
इन्स्टाग्राम मार्फत सार्वजनिक गरिएको तस्बिरमा पहिलो पटक पुरै फ्यामिली देखिएका छन् । दुई तस्बिर मध्ये एकमा करिनाले सैफको काँधमा हात राखेर पोज दिएकी छन् । जसमा उनीहरुको छोराहरु तैमुर र जहांगीर पनि देखिएका छन् ।
दोस्रो तस्बिरमा सैफ र करिना स्वीमिङ पुलमा रोमान्टिक अन्दाजमा प्रस्तुत भएका छन् । तस्बिरका साथ करिनाले क्याप्सनमा सैफलाई जन्मदिनको शुभकामना दिँदै हमेसा साथको चाहना रहेको बताएकी छन् । करिनाको पोष्टमा थुप्रै फ्यानले समेत शुभकामना दिएका छन् ।
कामको कुरो गर्ने हो भने करिना छिट्टै फिल्म ‘लाल सिंह चड्ढामा देखिँदैछन् । सैफको पनि आउँदो फिल्म ‘भुत पुलिस’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण