सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेव गौतम एमालेमै हुनुहुन्छ : सचिवालय

आइतबार, ०६ भदौ २०७८, १२ : १५
आइतबार, ०६ भदौ २०७८

नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । गौतमको सचिवालयले नेता गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्‍न सञ्‍चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।

‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क.वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको  चरित्र हत्या गर्नुबाहेक केही होइन’ गौतमका स्वकीय सचिव दीपक टमटाले भनेका छन्, ‘क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप