बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मरिष्का र आकाशको ‘जून जस्तै शीतल...’मा रोमान्स

मङ्गलबार, १४ कात्तिक २०७४, १४ : ०४
मङ्गलबार, १४ कात्तिक २०७४

काठमाडौं —गीतकार तथा कवियित्री अम्बिका गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ । सोमबार सा“झ आधा दर्जन नेपाली टेलिभिजन च्यानल मार्फत एक साथ प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर थापा यो गीतका संगीतकार हुन् । उदय राज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा चलचित्रका अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको अभिनय रहेको छ । निर्देशक अधिकारीले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिएको भावनालाई झल्काउने शैलीमा अभिनय गराएका छन् ।

द पिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब मार्फत सार्वजनिक गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप